सिटिजन लाइफ इन्स्योरेन्सले काठमाडौंको जरङ्खुमा बिस्तार गर्यो शाखा


काठमाण्डौँको तारकेश्वरस्थित जरङ्खुमा सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ शाखा विस्तार गरेको छ । बीमाको पहुँच विस्तार गर्दै जनतामाँझ आफ्नो उपस्थिति जनाउने उद्देश्यले १०५औं शाखा जरङ्खुमा सञ्चालनमा ल्याइएको इन्स्योरेन्सले जनाएको छ ।

नयाँ शाखाको उदघाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा तथा उप–मेयर भवानी धिताल डोटेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ब्राण्ड एम्बेसेडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले तारकेश्वरका नगरपालिका लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा सुविधाका साथै बीमा शुल्कभुक्तानी, बीमादाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको विज्ञप्तिमा उल्लेख छ ।