सहकारी र नागरिकता पीडितको समस्या समाधान गर्न माग


सांसद अबदुल खानल शिक्षकको तबल कटौती गर्न नहुने बताए छ । सङ्घीय संसद, प्रतिनिधिसभाको आजको वैठकमा उनले शिक्षकको तलब कटौती गर्न नहुने भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।  
 
आजको बैठकमा सांसद अमरबहादुर थापाले पासपोर्ट बनाउने क्रममा आम जनताले भोग्नुपरेको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए । “पासपार्ट बनाउँदा जनतालाई दुःख दिने काम नहोस्,  सहकारी पीडित र नागरिकता पीडितको समस्या समाधान होस्”, उनले भने । 
 
सांसद महेशकुमार बर्तौलाले किसानले कालीमाटीमा गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्ने माग गरेका छन् । “सरकारले बजार सुनिश्चितताको जिम्मा लिनुपर्छ, किसानका लागि क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनले भने । 
 
त्यसैगरी सांसद रामकुमार राईले अविरल वर्षाका कारण पूर्वका जिल्लामा जनधनको ठूलो क्षति भएको बताउँदै सङ्खुवासभामा १७ जना बेपत्ता भएको, नौ जनाको मृत्य भएको र पुल पनि बगाएको बताए । ताप्लेजुङमा पनि ठूलो क्षति भएको भन्दै उनले त्यहाँ घर बगाउँदा मानिस बेपत्ता भएकोब जनाए । 
 
“खोजी जारी छ तथापी पनि भेटिएको छैन, त्यसैगरी पाँचथरमा पनि बेपत्तासँगै ठूलो क्षति भएको छ, जलविद्युत् आयोजना, सिँचाइमा क्षति पुगेको छ भने खेती हुने जग्गा बगरमा परिणत भएका छन् । सरकारले जतिसक्दो चाँडो व्यवस्थित ढङ्गले उद्धार गरी  बेपत्ताको खोजी गरोस्”, उनले भने ।
 
सांसद अशोककुमार चौधरीले विपत्का कारण ताप्लेजुङमा विद्युत् आपूर्ति बन्द भएको, हालसम्म ताप्लेजुङमा पाँच र पाँचथरमा पाँच जना बेपत्ता भएको जानकारी दिए । उनले खोजीकार्यमा ढिलाइ भएको प्रति दुःख व्यक्त  गरेका छन् । उनले पीडितको हेलिकोप्टरमार्फत उद्धार गर्नुपर्ने भन्दै अत्यावश्यक सामग्रीको चाँडो व्यवस्था गर्न र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेका छन् । -रासस

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।