पुनर्बीमा कम्पनीको मुद्धति निक्षेपमा वाणिज्य बैंकहरु अनिच्छुक


पुनर्बीमा कम्पनीले पटक पटक मुद्धती निक्षेपमा लगानी गर्नका लागि बैंकहरुसँग आवेदन माग गरे पनि बैंकहरु अनिच्छुक देखिएका छन् ।

कम्पनीले पुस पहिलो साता नै सूचना सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई प्रस्ताव पेश गर्न भनेको थियो । तर बैंकहरुले कुनै प्रस्ताव नै पेश नगरेको बुझिएको छ ।

कुनै पनि वाणिज्य बैंकहरुले पुनर्बीमा कम्पनीको निक्षेपमा चासो नदेखाए पछि कम्पनीले फेरी सूचना सार्वजनिक गर्दै बैंकहरुलाई मुद्धती निक्षेप लिनका लागि प्रस्ताव पेश गर्न भनेको छ । कम्पनीले मुद्धती निक्षेप लिन चाहने वाणिज्य बैंकहरुलाई २०७६ माघ ८ गते भित्रमा प्रस्ताव पेश गर्न भनेको छ ।

यस अघि कम्पनीले पुस १७ गते भित्रमा मुद्धती निक्षेपको प्रस्ताव पेश गर्न वाणिज्य बैंकहरुलाई भनेको थियो । तर बैंकहरुबाट प्रस्ताव नआए पछि पुनः प्रस्ताव माग गरिएको हो ।