नयाँ वर्षमा सवारी साधन किन्दै हुनुहुन्छ ? हेर्नुस् कुन कम्पनीको सवारीमा कति छ छुट


नेपालीहरूको नयाँ वर्ष २०८१ को चहलपहल सुरु भएको छ । नयाँ वर्षमा नयाँ सामान खरिद गर्ने र नयाँ ठाउँ घुम्ने चलन छ । यसै अवसरमा गाडी तथा दुईपाङ्ग्रे सवारी साधनले विभिन्न किसिममा छुटमा स्किमहरु सार्वजनिक गरेका छन् ।

विशेषगरी नयाँ वर्षम गाडी तथा दुईपाङ्ग्रे सवारीको बिक्री\वितरण हुने क्रम बढ्ने गर्दछ । सोहीलाई मध्यनजर गर्दै नेपालमा दुईपाङ्ग्रे सवारी बिक्रेताहरूले आकर्षक अफरहरू सार्वजनिक गरेका छन् । जसमा कुनैले क्यास व्याकअफर दिएका छन् भने कुनैले नगद छुटको अफरहरू दिएका छन् ।

ओरा ०३ ईभी मा भारि नगद छुट

जीडब्लूएमको नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले आकर्षक ‘सानदार नव वर्ष २०८१’ योजना सार्वजनिक गरेको छ । यो योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जीडब्लूएमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्स, जोलायन, इलेक्ट्रिक ओरा ०३ र पावर पिकअप गाडीहरुमा अफरहरु प्रवर्द्धन गरिएको कम्पनीले जनाएको छ ।

अफर मार्फत ग्राहकहरूले ओरा ०३ ईभी मा भारि नगद छुट, फ्री एसेसरीज, एक वर्ष सम्मको व्यापक बीमा र फास्ट चार्जर सहित रु ५ लाखसम्मको फाइदा पाउनेछन । हाभलका एच् सिक्स र जोलायनमा ८.५ लाख सम्मको फाइदा सहित नगद छुट, एक वर्ष सम्मको व्यापक बीमा, एक्सचेन्ज बोनस र फ्री एसेसरीज साथै पावरमा १० लाख सम्मको फाइदा सहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामेरा समावेश छन् ।
यी सुविधाहरू मार्फत अटोमोटिभ उत्साहीहरुले उत्कृष्ट ड्राइभिङ अनुभवका साथ यो नयाँ वर्ष अविष्मरणीय बनाउन सक्ने कम्पनीको भनाइ छ ।

होण्डाको अफर

स्याकार ट्रेडिङ कम्पनी अन्तर्गत होण्डा कारले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा एक अफर सार्वजनिक गरेको छ । जसअनुसार हण्डाको गाडी खरिद गर्ने ग्राहकहरूलाई नगद छुट तथा अन्य सुविधासहित स्किम निकालेको छ ।

जस अन्तर्गत कम्पनीले २०५ डाउनपेमेन्ट, १०।४९ प्रतिशत ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्री, एक आर्थिक वर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी रोड साइड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । यो अफर वैशाख ३१ गते सम्म जारी रहनेछ ।

सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार छुट

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ वर्ष अफर ल्याएको छ । ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासि’ नाम दिइएको उक्त योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

यस्तै थप स्क्राच कार्डमार्फत १ लाख सम्म क्यास वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्याङ्कन भन्दा थप मोटरसाइकलमा रु १५ हजार र स्कुटरमा २० हजार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । साथसाथै फाइनान्समा ० प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ ग्राहकवर्गले सोही छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि उपलब्ध हुने जनाएको छ । यो योजना चैत १४ देखि ज्येष्ठ १८ सम्म लागु हुनेछ । बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि मोटरसाइकल उत्पादन गर्दे आइरहेको छ ।

नयाँ वर्षमा सेगवेको इ–स्कुटर किन्दा २५ हजार छुट पाइने

सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहबले नयाँ वर्षका लागि विशेष अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८१ को अवसर सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको हो । चैत १९ गदेखि आउदो वैसाख १८ गतेसम्मका चल्ने अफरमा सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउनका साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाउने छन् ।

नेपाली बजारमा इलेक्ट्रिक स्कुटरको लोकप्रिय सेगवेकाइ–स्कुटरहरु विशेष अफरमा ग्राहकहरूले चयन गर्ने मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्तगर्न सक्नेछन् । विशेष गरी, ई १२५ र ई ११० एल २५ हजार रुपैयाँसम्म, ई १०० मा २० हजार रुपैयाँसम्म र एन १०० मा १५ हजार रुपैयाँसम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै थप, सेगवले ग्राहकहरूलाई क्लब हिमालय नगरकोटमा १ रात २ दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गरिएको छ ।
उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यस अफरको फाइदा ग्राहकले लिन सक्नेछन् ।

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै

बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ ।

बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउँनेछन् भने भाग्यशाली विजेताहरुले १ लाख रुपैयाँसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३०५ डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ ।
योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं ।

ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ । हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरुलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’
बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्यजस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

टालियन ब्रान्डको बेनेली बाइकमा एक लाखसम्मको छुट

टालियन ब्रान्डको बेनेली बाइकमा नयाँ योजना ल्याइएको छ । नेपाली नयाँ वर्षको अवसरमा केटीएम इन्टरनेशनल ट्रेडिङले विशेष फाइनान्स योजना ल्याएको हो । योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ ।
साथै अरू मोडलहरूका बाइकहरूमा विशेष छुटको व्यवस्था पनि मिलाइएको कम्पनीले जनाएको छ। कम्पनीले मोडल हेरी १५ हजारदेखि एक लाखसम्मको छुट दिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।