चार लाख घुस सहित नापी सर्भेक्षक र लेखापढी व्यवसायी पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरमा कार्यरत सर्भेक्षक संजिव कुमार यादव र आरबि लेखापढी सेन्टरका सञ्चालक राम बाबु भुजेललाई घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग चार लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको हो । महानगरपालिका वडा नं १२ हनुमानस्थान, लगनखेलमा रहेको आरबि सेन्टरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।