मेटलाइफको नयाँ एजेन्सी कार्यालय जनकपुरमा


मेटलाइफले प्रदेश नं २ अन्तर्गत धनुषा जिल्लाकोे जनकपुरमा नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उत्घाटन गरे ।

नयाँ कार्यालय बिस्तारसँगै मेटलाइफको नेपालमा कुल कार्यालय संख्या ३३ पुगेको छ ।

जनकपुरको भानुचोकमा बिस्तारित कार्यालयले धनुषाको जनकपुर क्षेत्रमा रहेका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने मेटलाइफको विश्वास छ ।

कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।