विद्यालय तथा होटललाई क्वारेन्टाइनस्थल बनाउने सरकारको तयारी


सरकारले कोरोना भाइरस (कोभिड १९) को सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यालय तथा होटलहरुलाई क्वारेन्टाइनस्थल बनाउने भएको छ ।

कोरोना रोकथामका लागि उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले देशभर आवश्यकता अनुसार क्वारेन्टाइनस्थल बनाउने निर्णय गरेको छ । नीजि आवासिय घर, विद्यालय र होटलहरुलाई क्वारेन्टाइनस्थल बनाउने प्रस्तावलाई पनि समितिले स्वीकार गरेको छ ।

विभिन्न होटल सञ्चालकहरुले आफ्ना होटललाई क्वारेन्टाइन स्थल बनाउन सहमति जनाए पछि सरकरले सोही अनुसार अघि बढ्ने योजना बनाएको हो ।

काठमाडौंका सबै होटललाई कोरोना रोकथामका लागि क्वारेन्टाइनस्थल बनाउन दिने निर्णय यस अघि नै होटल व्यवसायीले गरिसकेका छन् ।

प्रकाशित मिति: ९ चैत्र २०७६, आइतबार  १७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।