बीमा व्यवसाय मर्जर गए सिइओ खाली हुदैन ः चापाँगाई


पछिल्लो समयमा बिमा कमपनीमा प्रमूख कार्यकारी अधिकृत नहुने समस्या मर्जरमा गएपछि समाधान हुने बिमा समितिका अध्यक्ष चिरन्जीवी चिरञ्जिवी चापाँगाइले बताए । बिमा क्षेत्रमा देखिएको जनशक्ती अभावको समस्या पनि मर्जरमा गएको खण्डमा सहज हुने उनको भनाइ छ ।

आईबिएन मिडिया एण्ड रिर्सचले आयोजना गरेको ‘बीमा कम्पनीको मर्जर, आवश्यकता र चुनौति विषयक’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष चपागाइले अझै पनि कतिपय बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत पद खाली रहेको उल्लेख गर्दै मर्जरले यसमा टेवा पुग्ने बताएका हुन । ‘अहिले पनि कतिपय बीमा कम्पनीहरुमा प्रमुख कार्यकारी अधिकृत पद खाली नै छ । त्यस्तै दक्ष जनशक्तिको पनि अभाव छ । बीमा कम्पनीहरु मर्जरमा गयो भने यसको समस्या केही हद सम्म कम हुन्छ,’ उनले भने ।

आईबिएन मिडिया एण्ड रिर्सचले आयोजना गरेको ‘बीमा कम्पनीको मर्जर, आवश्यकता र चुनौति विषयक’ अन्तरकृया कार्यक्रममा बोल्दै चापाँगाइले संख्या कम भएमा बीमकहरुको निरिक्षण तथा सुपरिवेक्षण गर्न पनि सहज हुने बताए । सानो बीमा व्यवसाय बीमा संख्या धेरै भएकोले बिजनेश तानातान भएकोले पनि मर्जरमा जानुपर्ने उनको भनाइ छ । कार्यपत्र प्रस्तुत गर्दै मर्जर नीतिको आवश्यकता रहेको प्रस्ट पारेका हुन् ।

बीमा समितिले यस अघि नै मर्जरमा जाने बीमकहरुको लागि विभिन्न छुटको अफर सहित बीमा कम्पनीहरुबीच मर्जरका लागि बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ जारी गरिसकेको छ ।

बिमा कम्पनीको संख्या थप गरेर मर्जरको औचित्यबारे प्रस्टाउँदै उनले भने, ‘मैले पेन्डेङ काम मात्र सकेको हो । सहि बेला सही निर्णय गरे जस्तो लाग्छ । त्यस कारणले पनि अहिलेको बीमा व्यवसाय १८ प्रतिशतमा विस्तार भएको छ । लाइसेन्स वितरण गर्नु र मर्जरमा जानु अलग कुरा हो ।’ बीमा समितिले जारी गरेको मर्जर तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिकाबारे अर्थमन्त्री डा. युवराज खतिवडा पनि सकारात्मक छन् ।