काठमाण्डौं स्थित हुवावे कम्पनीको कार्यालयमा जून २८, २०२० का दिन आयोजित एक हस्ताक्षर समारोहमा हिमालय एयरलायन्स र हुवावे क्लाउड, चिनीया बहुराष्ट्रिय प्रविधि कम्पनी बीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सूचना तथा संचार प्रविधि (आइ.सी.टी) का उपज र समाधानका उपायहरुबाट अधिकत्तम लाभ लिने क्रममा सूचना र संचार प्रविधि सेवा प्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एअरलाइन्स्लाई अझ सक्षम बनाउने सिलसिलामा प्रतिस्पर्धात्मक सेवा मार्फत यात्रुहरुलाई उत्कृष्ट टिकेटिङ्ग विकल्पहरु र यात्रा अनुभव प्रदान गर्नेछ ।
हिमालय एअरलाइन्स्लाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सृजना गर्दै ठोस परिणामहरु प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई संजाललाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा भर्चुअल माध्यम मार्फत नेपालका लागि चीन राजदूतावासका आर्थिक तथा वाणिज्य काउन्सेलर झाङ्ग फ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङ्ग पिङ्ग र हुवावे टेक्नोलोजी क्लाउड र ए.आई व्यवसायिक समूह – एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको समुपस्थिति रहेको थियो ।
सम्झौतामा हिमालय एअरलायन्स्का अध्यक्ष श्री झोउ इन्योङ्ग र हुवावे टेक्नोलोजिज् नेपाल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डेङ्ग शुइजेनले हस्ताक्षर गरे।











प्रतिक्रिया