आईसीएफसी र महालक्ष्मी विकास बैंकको लाखौं कित्ता शेयर खरिद गर्न कृतिम आदेश, फस्दै आम लगानीकर्ता


आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कारोबारमा चलखेल गरिरहेको समुहले कृतिम खरिद आदेश राखेर शेयर मूल्य बढाउन खोजेको देखिएको छ । बजार तिब्र गतिमा ओरालो लागिरहेका बेला केही बेरमा नै लाखौंको संख्यामा शेयर खरिद गर्न केही आदेश राखे पनि तत्काल त्यस्ता अर्डर हटेका छन् ।

१२ बजेर १७ मिनेटको समयमा मार्केट डेफ्थमा ९५९ रुपैंयामा झण्डै ६ लाख कित्ता शेयर खरिद आदेश राखिेर ९६० रुपैंयामा कारोबार गराए पनि बिक्री चाप आए पछि सबै खरिद आदेश फेरी हटाइएको छ । ३ मिनेटको अन्तरमा नेप्सेको अनलाइन कारोबार प्रणालीमा देखिएको मार्केट डेफ्थको तथ्य यस्तो छ ।

केही मिनेटको अन्तरमा मार्केटडेफ्थमा खरिद आदेश हटाइए पछि …

उता महालक्ष्मी विकास बैंकको शेयरमा पनि उस्तै कृयाकलाप दोरिरहेका छन् । केही बेरमा लाखौंको संख्यामा खरिद आदेश देखाउने र सोही मूल्यमा बिक्री चाप आउन थाले पछि आदेश हटाउँदै लगानीकर्तालाई अलमलमा पार्ने काम भईरहेको छ ।

नेपाल धितोपत्र बोर्डले आईसीएफसी र महालक्ष्मीको शेयर कर्नरिङका सम्बन्धमा अनुसन्धान थालेसँगै मंगलबार दुवै कम्पनीको शेयरमा नकरात्मक सर्किट लागेर बिक्री चाप मात्र देखिएको अवस्था छ । यस्तो बेलामा आफ्नो शेयर बेच्न खोजिरहेको समुहले कृतिम खरिद आदेश राख्दै मूलय बढाउन कसरत गरिरहेको हो ।

यस सम्बन्धमा धितोपत्र बोर्डले पछिल्ला केही दिनदेखिको दुवै कम्पनीको शेयर कारोबारको विबरण तथा तथ्यांकको अध्ययन गरेर कर्नरिङ गर्नेलाई कार्वाही गर्ने बताएको छ ।

उता सामान्य लगानीकर्ता भने अझै पनि यी दुई कम्पनीको शेयर मूलयमा किन छिन छिनमा उतारचढाव आईरहेको छ भनेर जानकार हुन सकिरहेका छैनन् ।

अहिलेसम्म आईसीएफसीको १ लाख १६ हजार कित्ता र महालक्ष्मी विकास बैंकको ५५ हजार कित्ता शेयर कारोबार भएको छ । जसमा महालक्ष्मी विकास बैंकको शेयर २० र ४८ नम्बर ब्रोकरबाट झण्डै ९ हजार कित्ता खरिद भएको छ भने झण्डै ४९ हजार कित्ता शेयर बिक्री भएको छ ।

आईसीएफसी फाइनान्सको पनि शेयर दलाल नम्बर २० र ४८ बाट ७ हजार कित्ता खरिद भएको छ भने ३३ हजार कित्ता बिक्री भएको छ । लाखौंको संख्यामा खरिद आदेश राखे पनि उल्लेखित संख्यामा मात्र भएको खरिदका आधारमा उक्त समुहले मूल्य बढाउनका लागि थोरै संख्यामा शेयर किन्दै ठुलो संख्यामा बेचिरहेको देखिन्छ ।

महालक्ष्मी र आईसिएफसिको शेयरमूल्यमा नकारात्मक सर्किट

आईसिएफसि फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयर कर्नरिङ अनुसन्धान गर्दै धितोपत्र बोर्ड

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ