काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन पावर पार्टनरको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले यस दिन कम्पनीको ५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
समायोजनपश्चात कम्पनीको शेयरमूल्य ३८१ रुपैयाँ ३३ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।










प्रतिक्रिया