गरिमा विकास बैंकले २० प्रतिशत लाभांश दिने


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०८२\८३ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकका अनुसार प्रस्तावित नगद लाभांशमा लाभांशबापत लाग्ने करसमेत समावेश हुनेछ । हाल कायम चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ ।

बैंकको सञ्चालक समितिको ३५१ औँ बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । त्यसपछि बैंकको आगामी २० औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।