काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते, बिहीबार, अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजे ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागित जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।





प्रतिक्रिया