नेपाल टेलिकमको ३ अर्ब नगद लाभांश वितरण सुरु

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) ले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण सुरु गरेको छ । कम्पनीको चैत २४ गते बिहीबार सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त नगद लाभांश कम्पनीले सेयर रजिष्ट्रार एनएमबी क्यापिटल लिमिटेड मार्फत भोलिपल्टै (चैत २५ गते शुक्रबार) देखि नै वितरण थालेको…