ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निस्काशनको तयारी गरेको छ । यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउने छन् । ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५…