कोरोना महामारीका कारण निषेधाज्ञा सुरु भएपछि स्थगित भएर फेरि निष्काशन सुरु भएको मध्य भोटेकोशीको शेयरमा हालसम्म ७ हजार ५८६ सिन्धुपाल्चोकबासीले साढे १६ करोड रुपैयाँ बराबरको आवेदन दिएका छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार बिहीबार भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) तथा आश्वाबाट १६ करोड ४७ लाख…