युनाईटेड मोदी हाइड्रो पावर कम्पनीले युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत लगानी गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले ५० मेगावाट क्षमताको युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत लगानी गर्ने निर्णय गरेको हो । युनाईटेड मोदीले युनाईटेड मेवा खोलामा ३० प्रतिशत लगानी रहने गरी प्रतिकित्ता १०० रुपैयाँको दरले ६७ लाख ५० हजार…