कोरोना महामारीका कारण रोकिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड विस्तारको कामले तीव्रता पाएको छ । थपिएको म्यादभित्र काम सक्नुपर्ने दबाबका कारण निर्माण कम्पनीले कामलाई गति दिएको हो । गएको भदौमा सकिनुपर्ने काम अहिलेसम्म नसकिएपछि थपिएको ९ महिनाको अवधिमा काम सक्नुपर्ने बाध्यताका कारण निर्माण कम्पनीले तीव्र रुपमा कामलाई अघि बढाएको हो । जिल्लाको २४ किलोमिटर खण्डमध्ये…