तहल्का मच्चाएको निफ्राको शेयर र रंगमञ्चको नृत्य जस्तै साना लगानीकर्ताको सपना

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर निष्काशन हुनु केही दिन अघिदेखि बैंक वित्तीय संस्था, निक्षेप सदस्य, मर्चेण्ट बैंकर र शेयर ब्रोकरका कार्यालयहरुमा लगानीकर्ताको घुईचो लागेको थियो । डिम्याट खाता खोल्ने र सिआरएन नम्बर लिनका लागि ती संस्थाहरुमा लागेको लगानीकर्ताको भीड अहिले शेयर ब्रोकरका कार्यलयहरुमा सरेको छ । बैंकको साधारण शेयर सूचीकरण पश्चात पछिल्लो आठ दिन यता…