मल्टीपर्पस फाइनान्स लिमिटेडका सेयरधनीको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो । मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।