सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले चुक्ता पूँजीको ३.६५ प्रतिशत र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश गरी कूल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।…