नबिल बैंकको ऋणपत्र छोटो अवधिमा नबिकेपछि आवेदन गर्ने म्याद थपियो

नबिल बैंकले साउन १० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद साउन २४ गतेसम्म लम्बिएको छ । छोटो अवधिमा ऋणपत्र बिक्री नभएपछि आवेदन दिने म्याद बढेको हो । ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको छ…