औषधि कालोबजारी गरेको अभियोगमा मेडिकल स्टोरका सञ्चालक पक्राउ

नेपाल प्रहरीले औषधिमा कालोबजारी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर महानगरपालिका–१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्चालक ३५ वर्षीय रवि कुमार रजकलाई आइतबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन,…