बैंकहरुको नाफा वृद्धिदर घट्दो क्रममा, फागुनसम्मको खुद नाफा गतवर्षको हाराहारीमा

चालु आर्थिक वर्षका ८ महिनामा वाणिज्य बैंकहरुको नाफा वृद्धिदर क्रमिक रुपमा घट्दै आएको छ । भदौ महिनामा ९४ प्रतिशतले बढेको बैंकहरुको नाफा फागुन महिनामा आइपुग्दा १६ प्रतिशतमा सिमित भएको छ । कोरोनाका भाइरसका कारण बैंकहरुले कर्जा लगानी गर्न नपाएको अवस्थामा समेत भदौ महिनामा नाफा वृद्धिदर उच्च रहेको थियो । तर, महिनाहरुमा आर्थिक गतिविधि सुचारु भैसकेपछि…