सरकारले १५ दिनमा नै फेरि बढायो पेट्रोलको मूल्य

नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी पेट्रोलको मूल्यमा लिटरमा दुई रुपैयाँ मूल्य बढाएको छ । यससँगै अब पेट्रोलको मूल्य लिटरको १०७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । यसअघि साउन ३२ गते डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य…