नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात गरेको छ । बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानी शुरु गरेको जनाएको छ । बैंकले शुरुवाती रुपमा आफ्नो अगुवाई तथा हिमालयन बैंक लिमिटेडको सह अगुवाई र सानीमा बैंक लिमिटेडको सदस्यता रहेको सहवित्तीयकरण…