हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम तथा शैक्षिक सामाग्री वितरण सम्पन्न गरेको छ । बैंकले नगरपालिकाको वडा नं. ०२ स्थित जनसेवा माध्यामिक विद्यालयमा सो वित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण गरेको हो । विद्यार्थीहरुलाई वित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशव्यापी रुपमा…