उद्योगी व्यवसायीहरुले विदेशी लगानी एवं सहायता सहजीकरणका लागि निजी क्षेत्रको समेत सहभागितामा वैदेशिक लगानी सहायता कक्ष स्थापना गनुपर्ने माग राखेका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा महासंघले यस्तो सुझाब दिएको हो। महासंघले निजी क्षेत्रको सहभागितामा परियोजना पहिचान गरि भारत, चीन, अमेरिका, बेलायत र युरोपियन युनियन लक्षित लगानी सम्मेलन गर्न…