नेपाली बजारमा बैशाख २० गते मंगलबार पहेँलो धातु सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेर ९७ हजार २०० रुपैयाँमा झरेको छ । सोमबार तोलामा ८०० रुपैयाँले घटेको सुन मंगलबार अघिल्लो दिनको तुलनामा थप एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपैयाँमा कारोबार भएको…