पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसले नेपालप्रति नकारात्मक सन्देश जान सक्ने भएकाले तत्काल पर्यटक आगमनलाई सहज पुग्ने गरी काम अघि बढाउन माग गरेका हुन् । कोभिड–१९ ले…