भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने बताएकी छिन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले कोभिडका कारणले लामो समयसम्म सवारी साधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको बताएकी हुन् । कतिपय सवारीसाधनमा कम वर्ष चलेपनि तथा प्रदूषण जाँच भएर हरियो…