काठमाडौँ । विश्वस्तरीय इलेक्ट्रोनिक्स ब्रान्ड टीसिएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने आईसीसी टी२० विश्वकप क्रिकेट अन्तर्गत नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनअन्तर्गत दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ। उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले…