एनपिआई हस्पिटलको आईपीओ आउँदै, नबिल इन्भेष्टमेण्ट बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ। एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाअनुसार निकट भविष्यमै सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने भएको छ। कम्पनीले उक्त आईपीओ निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ। जारी पूँजी ३ अर्ब ५० करोड…