विगतमा जस्तो छैन बजारमा उत्साह, दसैं अर्थतन्त्र शीथिल !  

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्नुपर्नेमा यसपाली त्यस्तो देखिएको छैन । पछिल्लो सयम देशमा भएको जेन जी आन्दोलन, राजनीतिक अस्थिरता,  तोडफोड र आगजनीका कारण अर्थतन्त्रमा ठुलो क्षति पुगेको छ । यसले गर्दा दसैंमा विगतका वर्षहरूमा जस्तो अर्थतन्त्र चलायमान नहुने जानकारहरू बताउँछन् ।  अहिले सरकारी र निजी दुबै क्षेत्रको अर्थतन्त्र डामाडोल भएको…