एकैदिन साढे ४ हजारले घट्यो सुनको भाउ

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज एकै दिन सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो…