सन्दर्भ धान दिवस : सरकारीले उत्पादन बढेको दाबी गरे पनि आयात वृद्धि कायमै, आत्मनिर्भरता अझ टड्कारो

काठमाडौँ । आज असार १५, अर्थात राष्ट्रिय धान दिवस । विसं २०६१ मङ्सिर २० गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । किसानको मनोबल उच्च राखी श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुक भरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने गरेको छ…