‘हौसिएको’ कर्जा प्रवाह ‘करेक्सन’ हुँदै फर्कियो लयमा, बैंकहरू असुलीमा केन्द्रित

काठमाडौँ । विगतमा अस्वाभाविक व्यापार बढाएका बैंक तथा वित्तीय संस्थाहरू अहिले संकुचनमा आइपुगेका छन् । विशेष गरी कोरोना महामारीपछि अधिक कर्जा प्रवाह गरेका बैंक वित्तीय संस्थाहरू यतिखेर वास्तविक अवस्थामा आइपुगेको चित्रण हुन थालेको छ । कोरोना महामारीपछि असाध्यै बढेको कर्जा प्रवाह अहिले संकुचनमा छ । यसलाई बैंकरहरू अप्रत्यक्ष रूपमा ‘करेक्सन’को अवस्था भनेर चित्रण गर्छन् ।…