सानिमा इक्विटी फन्डको २२ प्रतिशत प्रतिफल लाभांश पाउन बिहीबारसम्म इकाईधनी बन्नुपर्नेछ । इकाईधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २२ प्रतिशत प्रतिफल वितरण प्रयोजनका लागि फण्डले असोज ९ गते आइतबार इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तय गरेको छ । यसअनुसार असोज ६ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन्…