युरोपेली सङ्घ (ईयू) ले युद्धग्रस्त युक्रेनसँग आवास, शिक्षा र कृषिमा सहयोग पुर्याउन थप ५० करोड युरो (४९ करोड ७० लाख अमेरिकी डलर) को योजनाबद्ध सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ । युरोपेली सङ्घको कार्यकारी निकाय युरोपेली आयोगले युक्रेनका प्रधानमन्त्री डेनिस श्मीगलसँग ब्रसेल्समा इयू–युक्रेन एसोसिएसन काउन्सिलको बैठक आयोजना गरेपछि उक्त राहतको घोषणा गरेको हो ।…