जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेका छौंः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेको बताएका छन् । दक्षिण कोरियाको इन्चोनमा मंगलबार आयोजित दोस्रो हरित जलवायु कोष (जीसीएफ) ग्लोबल प्रोग्रामिङ सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघफ्रेमवर्क कन्भेन्सनको सदस्यका रूपमा नेपालले सो कार्य गरिरहेको बताए । उनले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए…