श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल कोलम्बो भ्रमणमा

आर्थिक रूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल त्यहाँ जाने भएको छ । अमेरिकी अर्थ मन्त्रालय र विदेश मन्त्रालयको प्रतिनिधित्व गर्दै उच्च प्रतिनिधिमण्डलको टोली आइतबार त्यहाँ जान लागेको हो । प्रतिनिधिमण्डलले विभिन्न राजनीतिक दलका प्रतिनिधि, अर्थशास्त्री र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । प्रतिनिधिमण्डलमा एसियाका लागि…