यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स, गरिमा विकास बैंक गरी तीन कम्पनीको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि तीनवटै कम्पनीले यसै साता सेयर दाखिला खारेजी (बुकक्लोज) गरेसँगै सेयरमूल्य समायोजन गरिएको हो । नेप्सेका अनुसार नेको इन्स्योरेन्स लिमिटेडको १५ प्रतिशत बोनस सेयर समायोजनपछि १०४३.४८ रुपैयाँ,…