तीन अर्ब ५७ करोड लागतमा ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा तीन अर्ब ५७ करोड लागतमा ठूलोखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । संयुक्त ऊर्जा प्रालीले रघुगङ्गा गाउँपालिका–७ र ८ मा २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजना निर्माण थालेको हो । आयोजनाका प्रमुख रविन्द्र हमालले ११५ मिटर सुरुङ निर्माण गरिएको जानकारी दिए । “बन्दीघाटदेखि सुगरथलामा रहने बाँध निर्माणस्थलसम्म ९ किलोमिटर पहुँचमार्ग र…