आइएमई जनरल इन्स्योरेन्सको सेयर बिक्री गर्न हाथवे इन्भेष्टमेण्टलाई अनुमति

बीमा समितिले हाथवे इन्भेष्टमेण्ट नेपाललाई आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर बिक्री गर्न अनुमति दिएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २ लाख ९ हजार ८०९ कित्ता साधारण सेयर बिक्री गर्न समितिले हाथवे इन्भेष्टमेण्टलाई अनुमति दिएको हो । समितिले तीन महिनाको अवधिमा हाथवे इन्भेष्टमेण्ट नेपालको नाममा रहेको उक्त सेयर बिक्री गरी जानकारी गराउन समेत भनेको छ…