माघे संक्रान्तिका लागि ७ सय टन तरुलको आयात, सर्लाहीबाट ५०% धेरै

नेपालीहरुको अर्को चाड मकर संक्रान्ति (माघे संक्रान्ति) नजिकिएसँगै देशकै ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा तरुल, पिँडालु, सखरखण्ड लगायतको माग बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघे संक्रान्तिका लागि अहिले तरुलको आयात तथा माग बढ्न थालेको हो । संक्रान्तिका दिन नेपाली प्रचलन अनुसार तरुल, पिँडालु, सखरखण्डा, तिलौरी…