कोरोना महामारीको प्रतिकूलताका बाबजुद पनि राजस्व असुलीमा ९५.३२ प्रतिशत प्रगति भएको आन्तरिक राजस्व विभागले जनाएको छ । आव २०७७/७८ मा ४२९ अर्ब २० करोड राजस्व असुली भएको थियो । यो आव २०७६/७७ को तुलनामा ११.६४ प्रतिशतले बढी हो । आव २०७७/७८ मा ४५० अर्ब ३४ करोड राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । आव २०७७/७८ मा…