गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारी उद्यमशीलता प्रवद्र्धनमा जोडदिनुपर्ने बताएका छन् । पोखरा–११ स्थित महिला आधार बचत तथा ऋण सहकारी संस्थाको बुधबार पोखरामा सम्पन्न १० औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको शुभारम्भ गर्दै उनले सहकारीलाई बैंकहरु जस्तै बैंकिङ कारोबार मात्र गर्ने छुट नरहेको बताए । उनले भने “सहकारीले उद्यमशील र आत्मनिर्भर तथा स्वरोजगार सिर्जना…