नेपाल सरकारले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा बीमा विषयमा विज्ञ डा. रवीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले घिमिरेलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो । बीमा विषयमा विद्यावारिधि गरेका घिमिरे पोखरा विश्वविद्यालय स्कुल…