६९ करोड ५८ लाख खर्चेर कामपाले थाल्यो आफ्नै केन्द्रीय भवनकाे निर्माण

काठमाण्डौं महानगरपालिकाले आफ्नै केन्द्रीय भवन निर्माण शूरु गरेको छ । भूमिगत आठ तले सो भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्यले शिलन्यास गरेका हुन् । नगर प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार करिब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० गाडी र ८० मोटरसाइकलका लागि पार्किङको व्यवस्था छ । महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले…