शेयरको मूल्य कसरी घटबढ हुन्छ ? जोखिम न्यूनीकरण कसरी गर्ने ?

धितोपत्रको दोस्रो बजार अर्थात सेकेन्डरी मार्केट अनुमानमा चल्ने बजार हो । शेयर बजारमा एकातिर शेयर खरिदकर्ता शेयर खरीद गर्न आएका हुन्छन् भने अर्कोतिर बिक्रीकर्ता आएका हुन्छन् । बिक्री गर्नेले आफूसँग भएको शेयर महङ्गो मूल्यमा बिक्री गर्न चाहन्छ भने खरीद गर्नेले सस्तो मुल्यमा खरीद गर्न चाहन्छ । यसरी खरीद र बिक्रीकर्ताको जुन बिन्दुमा मिलन हुन्छ त्यहि…