नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले कर तथा रजश्व समिति गठन गरेको छ । संघका कार्यसमिति सदस्य नानीराज घिमिरेको सभापतित्वमा १३ सदस्यीय समिति गठन गरिएको संघले जनाएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिका पदाधिकारीलाई मनोनयनपत्र हस्तान्तरण गरेका हुन् ।…